२९ जेठ २०८३, शुक्रबार

सामसङ टीभीको विशेष अफर​ : ३८ प्रतिशतसम्म छुट​​​देखि शून्य प्रतिशत ब्याज ईएमआईसम्म

जेठ ३०, २०८१
काठमाडौं
सामसङ टीभीको विशेष अफर​ : ३८ प्रतिशतसम्म छुट​​​देखि शून्य प्रतिशत ब्याज ईएमआईसम्म

​टीभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्षदेखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ।

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टीभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । 

साथै यस अफरमा चयन गरिएका ठूलो टीभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्नेछन् ।

यस्तै, अन्य टीभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ ।

जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टीभीहरू खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

यस विशेष सेवाको लाभ लिन ग्राहकहरूले आफ्नो नागरिकता मात्रै पेश गरेर ईएमआई सुविधा लिन सक्नेछन् ।

निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टीभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झटरहित उत्कृष्ट टीभी किन्ने अवसर प्रदान गरेको छ। 

विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिनेछ ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालभर सामसङ टीभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत उपलब्ध गरिएको हो ।

कम्पनीका अनुसार यो योजना २०८१ असार ३१ गतेसम्म लागू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्