०१ साउन २०८३, शुक्रबार

घाइते डी जोङको स्थान म्याट्सेनले लिए

जेठ ३०, २०८१
काठमाडौं
घाइते डी जोङको स्थान म्याट्सेनले लिए

जर्मन क्लब बोरुसिया डर्टमन्डका रक्षक इयान म्याट्सेनलाई युरोपियन च्याम्पियनसिप (युरोकप) फूटबल प्रतियोगिता खेल्ने डच टोलीमा बोलाइएको छ ।

मिडफिल्डर फ्रयांकी डी जोङ घाइते भएपछि प्रशिक्षक रोनाल्ड कोम्यानले म्याट्सेनलाई टोलीमा बोलाएका हुन् । 

२२ वर्षीय म्याट्सेनले पहिलो पटक सियिनर टोलीमा स्थान बनाएका हुन् ।

२७ वर्षीय डी जोङ कुर्कुचाको चोटबाट निको हुन संघर्ष गरिरहेका छन् । गत मार्चमा चोट लागेयता उनले स्पेनिस क्लब बार्सिलोनाका लागि मात्र तीन खेल खेलेका छन् ।

चोट निको हुने आशामा प्रशिक्षक रोनाल्ड कोम्यानले डी जोङलाई टोलीमा समावेश गरेका थिए । तर, उनी पूर्ण रूपमा ठीक नभएका कारण जोखिम लिन नचाहेको डच फूटबल संघले जनाएको छ ।

युरोकप जुन १५ देखि जर्मनीमा शुरू हुँदैछ । नेदरल्यान्ड्सले जुन १६ मा पोल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्