३१ जेठ २०८३, आइतबार

कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त २३ वर्षपछि समातिए

जेठ ३०, २०८१
काठमाडौं
कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त २३ वर्षपछि समातिए

कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई प्रहरीले २३ वर्षपछि समातिएका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।  

पक्राउ पर्नेमा दोलखा घर भएर काठमाडौं कागेश्वरी–मनोहरा बस्ने केदार भन्ने दुर्गबहादुर दमाईं र साधुराम भन्ने खड्गबहादुर दमाईं छन् । 

दमाईंद्वयविरुद्ध दोलखा जिल्ला अदालतबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्म कैदको फैसला भएको थियो । 

शुरूमा उनीहरू प्रजातन्त्र दिवसका अवसरमा २०५६ चैत ७ गते कैद मिनाहामा छुटेका थिए । कैद मिनाहाविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले फैसला गर्दै २०५८ मंसिर ७ गते उनीहरूले ११ वर्ष चार महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको उल्लेख गरेपछि उनीहरू फरार थिए । 

अनुसन्धान कार्यालयले टोलीले फैसला कार्यान्वयनका लागि दमाईंद्वयलाई नियन्त्रणमा लिएको जानकारी कार्यालयका प्रवक्ता एसपी अंगुर जीसीले दिए ।

salt training

कमेन्ट गर्नुहोस्