०६ साउन २०८३, बुधबार

विद्यालय खेलकुद नेपाली खेलकुदमा नयाँ इतिहास हो : सदस्य–सचिव घिसिङ

जेठ ३०, २०८१
काठमाडौं
विद्यालय खेलकुद नेपाली खेलकुदमा नयाँ इतिहास हो : सदस्य–सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालयक खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् ।

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए ।

‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ, सदस्य– सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैँ परिभाषा मात्र गरिरहेका छौँ? यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज य–ू१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’

सदस्य–सचिव घिसिङले यू–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताए । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ ।’

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताए । यसलाई भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्