२८ जेठ २०८३, बिहीबार

कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

जेठ ३०, २०८१
चितवन
कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

कारागार कार्यालय चितवनका कैदीबन्दीमा  बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ ।

कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उनले भने, “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।” साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए । कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या  देखिएको छ ।

“गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उनले भने । उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए । 
गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ । अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्