०६ असार २०८३, शनिबार

प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको भवन निर्माण सम्पन्न

जेठ ३०, २०८१
उदयपुर
प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको भवन निर्माण सम्पन्न

कटारीस्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको आफ्नै भवन निर्माण सम्पन्न भएको छ । भवन बिना नै  छ वर्षअघि स्थापना भएको क्याम्पसका विद्यार्थीले उदयश्री बहुमुखी क्याम्पसमा आश्रित भइ अध्ययन गर्दै आएका थिए ।

क्याम्पसले आफ्नै भवन निर्माण गरेको क्याम्पस व्यवस्थापन समितिका संयोजक केपी बरालले जानकारी दिए । 

भवनसँगै क्याम्पसका लागि आवश्यक कम्पाउण्ड, छात्रावास निर्माणका लागि पहल भइरहेको उनले बताए । कृषि तथा वन विज्ञान विश्व विद्यालय वन विज्ञान सङ्कायमार्फत रु छ करोड ४९ लाख चार हजार लागतमा कटारी–५ मा क्याम्पस भवन निर्माण भएको हो  । 

salt training

कमेन्ट गर्नुहोस्