२८ असार २०८३, आइतबार

भारतको लगातार तेस्रो जीत

जेठ ३१, २०८१
काठमाडौं
भारतको लगातार तेस्रो जीत

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जीत हात पारेको छ । बुधबार राति न्यूयोर्कमा भएको खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत सुपर–८ मा प्रवेश गरेको हो । 

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा सूर्यकुमार यादवले अविजित ५० रन बनाए । शिवम दुवे ३१ रनमा अविजित रहे ।

ऋषव पन्तले १८ रन थपे । भारतका कप्तान तीन रनमा आउट हुँदा विराट कोहली शून्यमा आउट भएका थिए । 

त्यसअघि टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो ।

अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे ।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पान्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।

समान खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा यथावत् छ । अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्