
कर्णाली पुलको लट्ठा चुटिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चर पुलकै बिचमा अड्किए । स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन । तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाए । आज उनले गरेको कार्यको सबैले प्रशंसा गरेका छन् ।
लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएको खच्चरको ज्यान बनाउन सफल भए ।
गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भयो । अछामको पञ्च देवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । उनको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चरको उद्धार भयो पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चडले पुल मरेको खबर गोरखापत्रमा छपिएको छ ।