
जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले अमेरिकालाई हराएपछि सुपर ८ बाट बाहिरिने जोखिममा रहेको पाकिस्तानलाई फाइदा भएको छ । गएराति सम्पन्न खेलमा भारतले अमेरिकालाई विकेटले हराएको थियो ।
अमेरिकाको हारसँगै पाकिस्तानको अर्को चरणमा पुग्ने आशा कायमै रहेको छ ।
लगातार तेस्रो जितसँगै भारत भने विश्वकपको सुपर–८ चरणमा पुगेको छ । भारत सुपर ८ मा पुग्ने तेस्रो टिम बनेको छ । समूह ‘बी’ बाट अष्ट्रेलिया र समूह ‘डी’ बाट दक्षिण अफ्रिका पनि अर्को चरणमा पुगेका छन् ।
मंगलबारसम्म समूह ए मा भारत र अमेरिकाको ४–४ अंक थियो । बुधबार भएको खेलमा भारतले जित हात पार्दै ६ अंक जोड्दै सुपर ८ मा प्रवेश गरेको हो । अमेरिकाको अन्तिम खेल १४ जुनमा आयरल्याण्डसँग हुनेछ । यदि अमेरिका यसमा पनि हार्यो भने टोली ४ अंकमा रोकिनेछ र यसले पाकिस्तानलाई फाइदा पुग्नेछ ।
पाकिस्तानको २ हार र १ जितबाट २ अंक मात्र छ । टोलीको अन्तिम खेल १६ जुनमा आयरल्याण्डसँग हुनेछ । यो जितसँगै पाकिस्तानको पनि अमेरिकाको ४ अंक बराबर हुनेछ । यो अवस्थामा राम्रो रन रेट भएको टोली सुपर ८ मा पुग्ने छ ।
पाकिस्तानको खेल अमेरिकाभन्दा पछि हुनेछ ।
अमेरिका र पाकिस्तानसँग पराजित भए पनि क्यानडाले आयरल्याण्डलाई हराएको थियो । जसका कारण क्यानडाको खातामा २ अंक छ । टोलीको अन्तिम खेल भारतसँग छ, जित्न गाह्रो हुनेछ, तर छनोट हुन क्यानडालाई ठूलो अन्तरले जित्नुपर्नेछ ।
आयरल्यान्डले आफ्नो पहिलो दुई खेल भारत र क्यानडासँग हारेको छ। टोलीको २ खेल बाँकी छ, यदि टोलीले सुपर–८ मा पुग्ने हो भने दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ ।