२८ जेठ २०८३, बिहीबार

थोराङ्ला भञ्ज्याङमा लेक लागेर नेपाली पर्यटकको मृत्यु

जेठ ३१, २०८१
मनाङ
थोराङ्ला भञ्ज्याङमा लेक लागेर नेपाली पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । 

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । 

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । 

उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्