०४ साउन २०८३, सोमबार

४ तस्बिरमा हेर्नुस् म्हपूजा

कात्तिक २०, २०७४
४ तस्बिरमा हेर्नुस् म्हपूजा

काठमाडौँ, ३ कात्तिक - कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्मा (म्हः) पूजा गरी मनाएका छन् ।1508512085401_20171020183849__MG_1232

कृषिप्रधान देशका जनताको शरीर बलियो बनाउने उद्देश्यले म्हः अर्थात् देह पूजाको प्रचलन शुरु भएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताए । “आफूले आफैँलाई चिन्नका लागि यो पूजाको परम्परा बसेको हो, यसको शुरुआत् नेपाल संवत् शुरु हुनुभन्दा अघिदेखि नै भएको हो, नेपालमा मात्र आफूले आफैँलाई चिन अर्थात् आत्मज्ञान गर भन्ने दर्शन छ”, उनले ।1508511955787_20171020184314__MG_1240

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने शास्त्रीय परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
1508511927608_20171020185031__MG_1262आत्मा सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।1508511890944_20171020185109__MG_1271

कमेन्ट गर्नुहोस्