०८ साउन २०८३, शुक्रबार

बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएको भन्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

जेठ ३१, २०८१
बुटवल
बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएको भन्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समयमै सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)को नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै गुप्ताले अब सरकारले सडक निर्माणकार्य सम्पन्न गर्न तदारुकता देखाउनुपर्ने माग गरे । 

पटक–पटक म्याद थपेर मात्र समस्याको समाधान हुन सक्दैन भन्ने कुरा आफूहरूले बुझिसकेको उनले बताए ।

बुटवल–नारायणगढ सडकको खराब अवस्थाका कारण यात्रु जोखिम मोलेर हिँडिरहेको उनको भनाइ छ । सडकको दुरवस्थाका कारण बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा समेत कमी आएको गुप्ताले गुनासो गरे । 

‘सडक विभाग र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनबीच २०७५ माघ २४ गते सम्झौता हुँदा २०७९ साउन २२ सम्म सडक निर्माण कार्यसम्पन्न गर्ने शर्त थियो । 

‘निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुनः म्याद थप गराएको छ । निर्माण कम्पनीको यही व्यवहार रहे ठेक्का तोडेर सडक निर्माणको जिम्मा अरु कम्पनीलाई दिनुपर्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्