
नेकपा एमाले गुल्मीको अध्यक्षमा पुनः बालसिंह काउछा दोहोरिएका छन् । बिहीबार भएको १२औं अधिवेशबाट हिरा एसीलाई पराजित गर्दै काउछा अध्यक्षमा निर्वाचित भएका हुन् । काउछा ३८४ मत ल्याएर निर्वाचित हुँदा एसीले २०२ मत मात्र ल्याउन सके ।
त्यस्तै उपाध्यक्षमा काउछा समूहकै जीवन खरेल विजयी भएका छन् । खरेल ३४८ मत ल्याएर विजयी हुँदा गणेश श्रीपालीले २१२ मत मात्र ल्याए ।
सचिवमा धर्म विश्वकर्मा विजयी भए । उनले ३७१ मत ल्याउँदा पदमप्रसाद अर्यालले १९० मत मात्र ल्याए । उपसचिवमा चक्र भुसाल २४८ मत ल्याएर विजयी हुँदा ओमबहादुर कार्कीले २१६ मत मात्र ल्याए ।
उपसचिव महिलामा लक्ष्मी पन्त निर्विरोध भएकी छन् । गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो ।
दुवै नेताले सहमतिमा नेतृत्व चयन गर्न तीन दिन प्रयास गरे पनि नसकेपछि निर्वाचन गरिएको हो ।