१० असार २०८३, बुधबार

अमेरिकी राष्ट्रपति बाइडेनले भने- बन्दुक मुद्दामा दोषी ठहर छोराको सजाय माफी गर्दिनँ

जेठ ३२, २०८१
काठमाडौं
अमेरिकी राष्ट्रपति बाइडेनले भने- बन्दुक मुद्दामा दोषी ठहर छोराको सजाय माफी गर्दिनँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा दोषी ठहर आफ्ना छोरा हन्टरको सजाय माफी नगर्ने बताएका छन् । 

गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक टिप्पणी गरेका हुन् ।

बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ। उनले हन्टरप्रति गर्व गरेको बताए । 'उनी लागुऔषधको बानीबाट मुक्त भइसकेका छन्,' उनले भने ।

जी-७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्ने कि भनेर सोधेका थिए। 'म यस विषयमा सन्तुष्ट छु । म यसबारे केही गर्ने छैन,' उनले भने, 'मैले निर्णायकको निर्णय स्वीकार गर्छु भनेँ । म यसमा खडा छु र हन्टरलाई माफ गर्ने छैन।'

हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो। 

अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार छ ।

salt training

कमेन्ट गर्नुहोस्