२८ जेठ २०८३, बिहीबार

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

जेठ ३२, २०८१
काठमाडौं
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागको तर्फबाट महानिर्देशक डा. जगदीश्वर कर्मचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विभागले विपद्‌सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।

बाढी वा विषम मौसम जन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्‌सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन प्रयोगकर्ताले प्राप्त गर्न सक्ने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिम आँधी, तातो हावाको लहर (लु), शीतलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन,  डढेलो जस्ता विपद्हरूको पूर्वसूचना उपलब्ध गराइने छ ।

यसका लागि नेपाल टेलिकमले विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिलेदेखि नै ६०० सिम उपलब्ध गराइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

उनका अनुसार अब थप १०० सिमसमेत गरी ७०० थान सिम उपलब्ध गराइएको छ ।

यसमा प्रतिमहिना ३०० एमबी डाटासमेत निःशुल्क उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्