२८ जेठ २०८३, बिहीबार

डिशहोम फाइबरनेटले ल्यायो विश्वकप विशेष 'इतिहास रच्न तयार गोर्खाली' ७२-घण्टे नयाँ अफर​​​

जेठ ३२, २०८१
काठमाडौं
डिशहोम फाइबरनेटले ल्यायो विश्वकप विशेष 'इतिहास रच्न तयार गोर्खाली' ७२-घण्टे नयाँ अफर​​​

डिशहोम फाइबरनेटले विश्वकप विशेष 'इतिहास रच्न तयार गोर्खाली' ७२-घण्टे नयाँ अफरको घोषणा गरेको छ ।

आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत शनिबार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ । यस्तै असार ३ गते बिहान ५:१५ बजे बङ्गलादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ ।

यी दुई खेलको खुसियालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने योजना ल्याएको छ ।

साथै १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने कम्पनीले जनाएको छ ।​

डिशहोम फाइबरनेटकोले उक्त अफर शुक्रबार दिउँसो २ बजे आफ्नो सामाजिक सञ्जाल (फेसबूक)मार्फत सार्वजनिक गरेको हो । ​

रिचार्ज गर्न ग्राहकले नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ गई बिनाकुनै झन्झट सजिलै रिचार्ज गर्न सकिनेछ ।

साथै अनलाइन पेमेन्ट वालेटमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

थप जानकारीको लागि ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने तथा विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्