०८ साउन २०८३, शुक्रबार

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न प्रवक्ता महतको आग्रह

जेठ ३२, २०८१
काठमाडौं
नेपालका तीर्थस्थलहरूको दर्शन गर्न प्रवक्ता महतको आग्रह

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दू धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आग्रह गरेका छन् ।

भारतीय वर्किङ जर्नालिस्ट युनियनले आज आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् ।

'हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङखला  छन् । मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ,' प्रवक्ता महतले भने, 'हिन्दू धर्मावलम्बीहरूको आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्मावलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिक स्थलहरूको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।'

उनले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्