३१ जेठ २०८३, आइतबार

काँग्रेसको शरण पुगेका बाबुरामले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पाउने

कात्तिक २०, २०७४
काँग्रेसको शरण पुगेका बाबुरामले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पाउने
baburamकाठमाडौँ, ४ कात्तिक- चुनावी भागबण्डामा कुरा नमिलेपछि वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्न पाउने भएका छन् । वाम गठबन्धनमा गएको एक हप्तामै कुरा नमिलेपछि काँग्रेसको शरणमा पुगेको भट्टराईले तिब्र रस्साकस्सी पछि आफुले चाहेको क्षेत्र गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् ।

कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको स्रोतले बताएको छ । भट्टराईले अब बाम गठबन्धनका नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसअघि वामगठबन्धनमा श्रेष्ठले पनि क्षेत्र नम्बर २ कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि भट्टाई आफ्नो साख जोगाउन गठबन्धन छोड्न बाध्य भएका थिए ।

भट्टराईले कांग्रेससँगको तालमेलमा आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो लागेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्