२३ जेठ २०८३, शनिबार

कोशीमा पहिचान पक्षधर : मुख्यमन्त्रीसँग मात्रै वार्ता, मंसिरबाट नयाँ चरणको आन्दोलन

असार ३, २०८१
विराटनगर
कोशीमा पहिचान पक्षधर : मुख्यमन्त्रीसँग मात्रै वार्ता, मंसिरबाट नयाँ चरणको आन्दोलन

कोशी नाम खारेजी पुन: नामाङ्‍कन संयुक्त संघर्ष समितिले सरकारी वार्ता टोलीसँग वार्ता नगर्ने भएको छ । साथै समितिले मुख्यमन्त्रीसँग मात्रै वार्ता गर्ने निर्णय गरेको छ ।

ताप्लेजुङमा सोमबार बसेको पुनः नामाङ्‍कन संयुक्त संघर्ष समितिको बैठकले मुख्यमन्त्रीसहितको टोलीसँग मात्रै वार्ता गर्ने निर्णय गरेको हो ।

समितिले नयाँ चरणको आन्दोलन आगामी मङ्सिर २ गतेदेखि गर्ने भएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले गठन गरेको तथाकथित राजनीतिक तथा शान्ति वार्ता टोलीको सम्बन्धमा कोशीका प्रस्तावक राम राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक छ।’

केही दिन अगाडि मन्त्री रानाको संयोजकत्वमा प्रदेश सरकारले वार्ता समिति बनाएको थियो ।

वार्तालाई निष्कर्षमा पुर्‍याउन अस्तित्वमा रहेका दलका नेताहरूसहित मुख्यमन्त्रीको नेतृत्वमा समिति गठन हुनुपर्ने समितिको माग छ ।

समितिको बैठक असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजारमा बसेको थियो ।

‘प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनीभूत तयारीको साथ २०८१ मङ्सिर २ गते आइतबार विराटनगरमा विशाल जन प्रदर्शनसहित नयाँ चरणको आन्दोलन शुरू गर्ने निर्णय गरिएको छ,’ जारी विज्ञप्तिमा  भनिएको छ ।

समितिले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोध गर्ने समेत निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्