
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको उत्तरी विन्दु (रनवे टु जिरो) बौद्धतर्फबाट जहाज अवतरणमा लगाइएको रोक हटाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तारको काम सकिएपछि उत्तरी विन्दुतर्फबाट आन्तरिकतर्फका जहाजलाई अवतरणमा लगाइएको रोक हटाइएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल
इन्फर्मेसन पब्लिकेसनमा तीन महिनाका लागि सूचना जारी गरेर विस्तारको काम ७७ दिनमा सम्पन्न भएपछि सोमबारदेखि धावनमार्ग पुरानै अवस्थामा सञ्चालनमा आएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।