३० जेठ २०८३, शनिबार

काठमाडौंमा रातिदेखिनै वर्षा, दिउँसो मौसम खुले पनि साँझसम्मै पानी पर्ने सम्भावना

असार ४, २०८१
काठमाडौं
काठमाडौंमा रातिदेखिनै वर्षा, दिउँसो मौसम खुले पनि साँझसम्मै पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ । पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय वायुका कारण काठमाडौंमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं धुम्म छ । 

महाशाखाका अनुसार काठमाडौंमा दिउँसो केही समय मौसम खुले पनि साँझसम्मै वर्षाको सम्भावना छ । 

काठमाडौंमा राति देखिनै वर्षा भए पनि हवाई सेवा भने नियमित छ । हवाई उडान र अवतरण नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

रातिदेखि नै वर्षा भएका कारण काठमाडौंमा आज तुलनात्मक रूपमा शीतल हुनेछ । काठमाडौंको अधिकतम तापक्रम आज २८ देखि ३० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्