
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बीबीसीले जनाएको छ ।
दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।
रूसी मिडियाकाअनुसार पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरूमा सम्झौता गर्ने सम्भावना छ । भेटपछि दुई नेताहरूले पनि संयुक्त वक्तव्य दिनेछन् ।