२१ असार २०८३, आइतबार
सुन तस्करीको जालो

६० किलो सुन प्रकरण: सुन ओसार्ने चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकता लिएको भेटियो

असार ४, २०८१
काठमाडौं
६० किलो सुन प्रकरण: सुन ओसार्ने चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकता लिएको भेटियो

६० किलो सुन तस्करीमा जोडिएका थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।​

तिब्बतीयन मूलका चिनियाँ नागरिक गंगा टासीलाई बौद्धबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी  होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

बोगटीका अनुसार उनको साथबाट २६ लाख नगद र ६ राउन्ड गोली बरामद भएको छ । चिनियाँ पासपोर्ट बोक्ने उनको साथमा नेपाली नागरिकता र ड्राइभिङ लाइसेन्स समेत भेटिएको बोगटीले बताए ।

टासीको भूमिका चीनबाट सुन ओसार्ने व्यक्तिका रूपमा रहेको खुलेको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

मोटरसाइकल तथा स्कूटरको ब्रेक सुमा राखेर ल्याइएको सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

विभागले नै प्रारम्भिक छानबिन गरेर फाइल सुम्पिएको यो विषयमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्