![लोकान्तरको समाचार उद्धृत गर्दै सांसद सिंहले मागे प्रधानमन्त्री प्रचण्डको जवाफ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/amreshkumar_singh_y0Tn27b2nm.png)
बजेट विनियोजनमा चरम विभेद गरिएको भन्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले लोकान्तर डट्कमले सोमबार प्रकाशित गरेको समाचार उद्धृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेका हुन् ।
‘लोकान्तरमा बजेटबारे हिजो एउटा समाचार प्रकाशित भएको छ । लोकान्तरको न्युजको हेडिङ छ– बजेट वितरणमा चरम असमानता, चार सुपर जिल्ला र मन्त्रीको जिल्लामा बाढी, अन्यत्र खडेरी,’ सिंहले संसदमा भने, ‘प्रधानमन्त्रीले बजेटमार्फत म्यासेज के दिन खोज्नुभएको छ ? तपाईंको पुर्खाले आर्जेको सम्पत्ति हो ? या मन्त्रीले आर्जेको सम्पत्ति हो नेपाल सरकारको बजेट ?’
बजेटमा गरिएको विभेदबारे मन्त्रीले जवाफ दिन नसक्ने भन्दै उनले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताए ।
लोकान्तर डट्कमले बजेटमा वितरणमा गरिएको चरम विभेदबारे विश्लेषणात्मक समाचार सोमबार प्रकाशित गरेको थियो ।
भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको जिल्लामा ८ अर्ब ७७ करोड ४ लाख भौतिक योजनाको बजेट गएको विषय पनि उनले उल्लेख गरे ।
‘मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि संसद्मा बजेट नपढियोस्,’ उनले भने ।
पढ्नुहोस्, सम्बन्धित समाचार :
'४ सुपर जिल्ला' र मन्त्रीको जिल्लामा बजेटको बाढी, अन्यत्र खडेरी ! [विशेष रिपोर्ट]
हेर्नुहोस्, भिडियो :