०७ साउन २०८३, बिहीबार

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

असार ४, २०८१
काठमाडौं
सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ ।

सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।

महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ ।

कमेन्ट गर्नुहोस्