
पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिएकी हुन् ।
मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिइन् । त्यस्तै चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । गोरखापत्रमा खबर छ ।