०८ साउन २०८३, शुक्रबार

योजनाबद्ध विकासले मात्रै खेल क्षेत्र सुधारिन्छ : देवेन्द्र पौडेल

असार ५, २०८१
काठमाडौं
योजनाबद्ध विकासले मात्रै खेल क्षेत्र सुधारिन्छ : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासको लागि दीर्घकालीन रणनीति बनाउनुपर्ने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै पौडेलले सामान्य सुधारले नेपालको खेल क्षेत्र माथि नपुग्ने बताएका हुन् ।

‘खेलकुदमा बजेट असाध्यै न्यून छ । बजेट कम छ । तर सात वटै प्रदेशमा उच्चस्तरीय खेल मैदान बनाउने बजेट छुट्याउनुपर्छ,’ पौडेलले भने, ‘यसका लागि १०, २० वर्षमा नेपालको खेल क्षेत्रलाई यहाँ पुर्‍याउँछौं भन्ने लक्ष्य राख्नुपर्छ । प्रदेशगत रुपमा क्रिकेट, फुटबल र अरु खेलको हब बनाउने गरी कार्यक्रम ल्याउनुपर्छ ।’

खेलले देश, भाषा, संस्कृति सबैलाई जोड्ने पनि उनले बताए । 

खेल, रोजगारी र अनुशासन कायम गराउने गरी योजनाबद्ध ढंगले अगाडि बढ्नुको आवश्यकता भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्