२२ जेठ २०८३, शुक्रबार

ओली भन्छन- 'अब कसैले पनि चुनाव रोक्न सक्दैन'

कात्तिक २०, २०७४
ओली भन्छन- 'अब कसैले पनि चुनाव रोक्न सक्दैन'
काठमाडौँ, ४ कात्तिक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । 

आज रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको टोलीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भइसकेको छ ।” 

“रिपोर्टर्स क्लब र एबिसी इन्द्रेणी सांस्कृतिक समूहले संयुक्तरुपमा सचेतना र खबरदारी अभियानका रुपमा देउसी मिसाएर कलात्मक र मनोरञ्जनात्मक अभियान चलाएकोमा उहाँले आभार पनि व्यक्त गर्नुभयो । 

उहाँले तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नफाल्ने गरि मतदान गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “तपार्इंहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ ।”

salt training

कमेन्ट गर्नुहोस्