२८ असार २०८३, आइतबार

दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन

असार ५, २०८१
काठमाडौं
दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन
फाइल तस्वीर

किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् ।

आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरूले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रनुपरेको बताए ।

उनका अनुसार देशभरका किसानले दूध बिक्री बापत झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

संस्थानका निमित्त महाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्री नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्