२८ जेठ २०८३, बिहीबार

टाटा टियागो ईभीमा नाव अर नेभर एक्सचेन्ज अफर

असार ५, २०८१
काठमाडौं
टाटा टियागो ईभीमा नाव अर नेभर एक्सचेन्ज अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले 'नाव अर नेभर– ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस' आयोजना गर्ने भएको छ ।

यस अफरअन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भए पनि सीमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राइभको सुविधा रहेको छ।

यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरू रहेका छन् ।

यो योजना यही जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरूमा लागू हुनेछ ।

टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि ग्राहकहरू यसमा आकर्षित भएका हुन् ।

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

टाटा आफैंमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ ।

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्