०३ साउन २०८३, आइतबार

क्रोएसिया र अल्बानियाले बराबरी खेले, स्पेन र इटालीलाई फाइदा

असार ५, २०८१
काठमाडौं
क्रोएसिया र अल्बानियाले बराबरी खेले, स्पेन र इटालीलाई फाइदा

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताअन्तर्गत बुधवार साँझ क्रोएसिया र अल्बानियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

हमबर्गमा भएको खेलमा दुई टोलीले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

खेलको ११ औँ मिनेटमा नै क्वाजिम लाकीले गोल गर्दै अल्बानियालाई अग्रता दिलाएका थिए । पहिलो हाफ अल्बानियाको अग्रतामै सकियो ।

दोस्रो हाफमा भने क्रोएसिया खेलमा फर्कियो । आन्द्रेज क्रमारिचले ७४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेलको ७६ औँ मिनेटमा क्रोएसियाले अग्रता लियो । अल्बानियाका क्लायुज गजासुलाले आत्मघाती गोल गरेका थिए । आत्मघाती गोल खानका बाबजुद अल्बानिया हतोत्साही भएन । तिनै गजासुवाले गोल गर्दै टोलीको हार टारे । 

यस बराबरीसँगै समूह ‘बी’मा रहेका क्रोएसिया र अल्बानियाले १–१ अंक बाँडेका छन् ।

यो समूहबाट स्पेन र इटालीले ३–३ अंक जोडेका छन् । क्रोएसिया र अल्बानियाको बराबरीले स्पेन र इटालीलाई फाइदा भएको छ ।   

प्रतियोगिताअन्तर्गत बुधवार राति ९ः४५ बजे अर्को खेल हुँदैछ । घरेलु टोली जर्मनीले हंगेरीको सामना गर्दैछ । चिरपरिचित प्रतिद्वन्द्वी हंगेरीलाई हराएर जर्मनी एक खेलअगावै दोस्रो चरणमा पुग्न चाहन्छ । 

यता हंगेरी भने यो खेलमा जीत निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । यसअघि पहिलो खेलमा हंगेरी स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्यान्डलाई सजिलै हराएको आयोजक जर्मनी समूह ‘ए’मा जर्मनी ३ अंकसहित शीर्ष स्थानमा छ । बुधवार राति हंगेरीलाई पराजित गरेमा जर्मनी अन्तिम १६ मा पुग्नेछ ।

यसैगरी बुधवार मध्यराति स्कटल्यान्ड र स्विट्जरल्यान्ड भिड्नेछन् । १२ः४५ बजे शुरू हुने यो खेलमा स्कटल्यान्ड जित्नैपर्ने दबाबमा छ ।  

salt training

कमेन्ट गर्नुहोस्