३१ जेठ २०८३, आइतबार

तारे होटलमा प्रधानमन्त्रीसहित मन्त्रीहरुको डान्स !

असार ५, २०८१
काठमाडौं
तारे होटलमा प्रधानमन्त्रीसहित मन्त्रीहरुको डान्स !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनी नेतृत्वको मन्त्रीपरिषद्का  केही मन्त्रीहरूले राजधानीको  तारे होटलमा डान्स गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ । 

बुधबार अर्थ मन्त्रालयले काठमाडौंको सोल्टी होटलमा रात्रीभोज कार्यक्रम आयोजना गरेको थियो । उक्त रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणकाजी , अर्थमन्त्री वर्षमान र विश्व बैंकका प्रतिनिधिलगायत सहभागी थिए भने सोही बेलामा  प्रधानमन्त्रीसहित सहभागीहरू ‘रेशम फिरीरी...’ बोलको गीतमा छमछमी नाचेका हुन् । 

 विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक मंगलबारदेखि राजधानीमा सुरु भएको थियो । 

यो बैठकमा सहभागिताका लागि विश्वभरका २०० भन्दा बढी देशका प्रतिनिधि काठमाडौंमा आएको बताइएको छ ।  यही बैठकका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्