२३ जेठ २०८३, शनिबार

ब्लुबुक किर्ते गरेर अर्काको गाडी बेचेको बेच्ने चार पक्राउ

असार ५, २०८१
काठमाडौं
ब्लुबुक किर्ते गरेर अर्काको गाडी बेचेको बेच्ने चार पक्राउ

ब्लुबुक किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् । उनीहरु काठमाडौंको चाबहिलबाट पक्राउ परेका हु्न् । 

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुका साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ । 
पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्