२२ असार २०८३, सोमबार

शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै

असार ६, २०८१
तनहुँ
शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै

शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम शुरू भएको छ । 

शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ । 

पूर्वाधार विकास कार्यालय १५ करोड रुपैयाँको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो । 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । 

सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले १५ करोडको स्रोत सुनिश्चित गरेको छ । विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्