२४ जेठ २०८३, आइतबार

काठमाडौंमा ब्लुबुक कीर्ते गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

असार ६, २०८१
काठमाडौं
काठमाडौंमा ब्लुबुक कीर्ते गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
फाइल फोटो

नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । 

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै प्रहरीले त्यसतर्फ सचेत हुन अनुरोध गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चार जनालाई पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए । 
 
अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा २० च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उनले बताए । 

असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्