२६ असार २०८३, शुक्रबार

प्रमुख प्रतिद्वन्द्वी इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा

असार ७, २०८१
काठमाडौं
प्रमुख प्रतिद्वन्द्वी इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा

इटालीलाई हराउँदै स्पेन युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटालीलाई १-० ले हराएको हो ।

सर्वाधिक तीन पटकको युरोकप विजेता स्पेनले एकमात्र गोल उपहार पाएको थियो । 

खेलको ५५औं मिनेटमा दुई पटकको विजेता इटालीका निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै पोस्टमा छिरेपछि स्पेनले गोल उपहार पाएको थियो । 

अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोली प्रमुख प्रतिद्वन्द्वी मानिन्छन् । यसअघिको युरोकपमा स्पेनलाई नै हराएर इटालीले फाइनल यात्रा तय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्