२४ जेठ २०८३, आइतबार

अग्रता जोगाउन नसक्दा इंग्ल्याण्डले डेनमार्कसँग अंक बाँड्यो

असार ७, २०८१
काठमाडौं
अग्रता जोगाउन नसक्दा इंग्ल्याण्डले डेनमार्कसँग अंक बाँड्यो

युरो कप २०२४ को उपाधि दाबेदार इंग्ल्याण्डले डेनमार्कसँग अंक बाँडेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले डेनमार्कसँग १-१ को बराबरी खेलेको हो । 

पहिलो खेलमा सर्बियाविरुद्ध जीत हासिल गरेको इंग्ल्याण्ड दोस्रो खेलमा डेनमार्कविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलेलाई अग्रता दिलाएका थिए । 

३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । क्यास्पर ह्युमलन्डले डेनमार्कका लागि बराबरी गरेका थिए । 

यससँगै इंग्ल्याण्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्