२० असार २०८३, शनिबार

जारी विश्वकपमा कमिन्सको ह्याट्रिक विकेट, बंगलादेशले दियो अष्ट्रेलियालाई १४१ रनको लक्ष्य

असार ७, २०८१
काठमाडौं
जारी विश्वकपमा कमिन्सको ह्याट्रिक विकेट, बंगलादेशले दियो अष्ट्रेलियालाई १४१ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपको चौथो सुपर-८ खेलमा बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको हो । 

बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४१ रन बनाए । उनीबाहेक तौहीद हृदयले ४० रनको इनिङ खेले । यी दुईबाहेक बंगलादेशका अन्य कुनै खेलाडीले ठूलो इनिङ खेल्न सकेनन् ।
बंगलादेशलाई १४० रनमै समेट्ने क्रममा अस्ट्रेलियाका पैट कमिन्सले ह्याट्रिक विकेट लिए । जारी टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने कमिन्स पहिलो र विश्वका सातौं बलर बनेका छन् । 

कमिन्स यो उपलब्धि हासिल गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी हुन् । यसअघि ब्रेट लीले २००७ को विश्वकपमा ह्याट्रिक विकेट लिएका थिए ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिए । मिचेल स्टार्क, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्