×

चलचित्र ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडाैं | असार ७, २०८१

आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन शुरू गरिएको छ ।

चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको थियो ।


Advertisment

चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो ।


Advertisment

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उहाँकै छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् ।

'चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौं । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो,' गायक तथा अभिनेता आचार्यले भने ।

चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतले अभिनय गरेका छन् ।

गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो । ​​

आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।​

रुपेश तामाङले निर्देशन गरेको चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

असार ८, २०८१

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।  उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x