०१ असार २०८३, सोमबार
मन्त्रिपरिषद् बैठक

आठ देशका राजदूत सिफारिस, भारतमा रेग्मी

असार ७, २०८१
काठमाडौं
आठ देशका राजदूत सिफारिस, भारतमा रेग्मी

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका आठवटा देशका राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले जानकारी दिए ।

त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर राजदूत सिफारिस भएका छन् ।

यसैगरी डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएको मन्त्री अर्यालले बताए ।

सबै राजदूत राजनीतिक भागबण्डाका आधारमा सिफारिस भएका हुन् । यसअघि सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्