२० असार २०८३, शनिबार

मधेश प्रदेशसभाबाट पारित भयो बालिका संरक्षण विधेयक

असार ८, २०८१
धनुषा
मधेश प्रदेशसभाबाट पारित भयो बालिका संरक्षण विधेयक

मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०८१ पारित भएको छ ।

सभाको आजको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानून ल्याउने पहिलो प्रदेशका रूपमा मधेश प्रदेशको नाम आएको उल्लेख गरे ।

उनले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताए ।

उनले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि शुरू गर्न रु १२ करोड थप बजेट व्यवस्था गरेको जानकारी दिए ।

बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भने- 'सकारात्मक विभेदमार्फत छोरीहरूलाई सशक्त बनाउन आवश्यक छ ।'

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए ।​

उनीहरूले उठाएका विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औंल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्