३० जेठ २०८३, शनिबार

इरान उडे परराष्ट्रमन्त्री श्रेष्ठ

असार ८, २०८१
काठमाडौं
इरान उडे परराष्ट्रमन्त्री श्रेष्ठ

नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान प्रस्थान गरेका छन्  । एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बङ्गलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् । 

मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्