३० असार २०८३, मंगलबार

इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

असार ८, २०८१
काठमाडौं
इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा शनिबार रोक लगाएको छ ।

क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य भएका छन् । 

टापुमा पानी आपूर्तिको अभाव हुनुमा आपूर्ति कम्पनीले बिहीबार मुख्य भूमिमा प्राविधिक समस्या आएको र त्यसपछि क्याप्रीमा आपूर्तिमा समस्या रहेको बताएको समाचारमा उल्लेख छ । 

नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । यहाँ लगभग १३ हजार स्थायी बासिन्दा छन् ।

salt training

कमेन्ट गर्नुहोस्