
टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई जितका लागि एक सय ९७ रनको विशाल लक्ष्य दिएको छ ।
शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको हो ।
भारतका लागि हार्दिक पाण्ड्या ५० रनमा अविजित रहे । यसैगरी ओपनर विराट कोहलीले पनि ३७ रन बनाए भने कप्तान रोहित शर्माले २३ रन जोडे । यसैगरी ऋषभ पन्तले पनि ३६ रन बनाए ।
यसैगरी ब्याट्सम्यान सूर्यकुमार यादव भने ६ रन बनाउँदै पेभेलियन फर्किए । यसैगरी शिवम् दुबेले ३४ रन बनाए । बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक–एक विकेट लिए ।