१२ साउन २०८३, मंगलबार

बंगलादेशलाई हराएसँगै भारतको सेमिफाइनल सम्भावना मजबुत

असार ९, २०८१
काठमाडौं
बंगलादेशलाई हराएसँगै भारतको सेमिफाइनल सम्भावना मजबुत

आईसीसी टी–२० क्रिकेट विश्वकपमा बंगलादेशलाई हराएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत बनेको छ ।

शनिवार राति वेस्ट इन्डिजको एन्टिगुवा एन्ड बरबुडामा भएको सुपर ८ को खेलमा भारतले बंगलादेशलाई ५० रनको फराकिलो अन्तरले हराएको हो ।

भिभान रिचार्ड रंशालामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नजमुल हाेसेन शान्टोले ३१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा रिसाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ विकेट लिए । १ विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनी सर्वाधिक ५० रन बनाएर अविजित रहे । यसैगरी ओपनर विराट कोहलीले पनि ३७ रन बनाए भने ऋषभ पन्तले ३६ रन जोडे ।

त्यसैगरी शिवम दुबेले ३४ रन तथा कप्तान रोहित शर्माले २३ रन बनाए । यस्तै सूर्यकुमार यादव भने ६ रन बनाउँदै पेभेलियन फर्किए भने अक्षर पटेल ३ रनमा अविजित रहे ।  

बंगलादेशका तान्जिम हसन सकिब र रिसाद होसेनले समान २ विकेट हात पारे । सकिब अल हसनले पनि १ विकेट लिए । 

आइतवार बिहान अष्ट्रेलियाले अफगानिस्तानमाथि जीत दर्ता गराएमा भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । यसपछि भारत र अष्ट्रेलियाबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्