२८ जेठ २०८३, बिहीबार

जाजरकोटमा भारी वर्षासँगै बाढीः खोलामा माछा मार्न गएका शिक्षकको ज्यान गयो, ६ जना घाइते

असार ९, २०८१
काठमाडौं
जाजरकोटमा भारी वर्षासँगै बाढीः खोलामा माछा मार्न गएका शिक्षकको ज्यान गयो, ६ जना घाइते

काँक्रेविहार– भारी वर्षासँगै आएको बाढीमा कारण जाजरकोटकाे कुशे गाउँपालिका–१ तारेचौरमा एक जनाको ज्यान गएको छ । नजिकैको खोलामा माछा मार्न गएका एक शिक्षकको मृत्यु भएको हो ।

अन्य ६ जना भने घाइते भएका छन् । 

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले आइतवार जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए । 

बाढीमा परी कुशे–४ तम्तीका  राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

घाइतेहरूको उद्धार गरिएको उनको भनाइ छ । -रासस
  
 

salt training

कमेन्ट गर्नुहोस्