२७ जेठ २०८३, बुधबार

जमैकामाथि मेक्सिकोको कठिन जीत

असार ९, २०८१
काठमाडौं
जमैकामाथि मेक्सिकोको कठिन जीत

अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगितामा मेक्सिकोले विजयी शुरूवात गरेको छ ।

आइतवार बिहान टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा मेक्सिकोले जमैकामाथि १–० गोल अन्तरको कठिन जीत निकालेको हो ।

गेरार्डो अर्टेगाले खेलको ६९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

यस जीतसँगै समूह ‘बी’मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । हारसँगै जमैका अंकविहीन भएको छ । 

यसअघि आइतवार बिहान नै भएको खेलमा भेनेजुएलाले इक्वेडरमाथि पुनरागमन जीत निकालेको थियो ।

null 

सान फ्रान्सिस्कोको लेभिज रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित इक्वेडरमाथि भेनेजुएलाले २–१ गोल अन्तरको पुनरागमन जीत निकालेको हो ।

खेलको २२ औँ मिनेटमै कप्तान इनर भ्यालेन्सियाले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित बनेको थियो । यद्यपि, उसले खेलमा अग्रता भने बनायो । जेरेमी सर्मिन्टोले खेलको ४० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

तर इक्वेडरले पहिलो हाफबाहेक त्यो अग्रता अन्तिमसम्म कायम राख्न सकेन ।

जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल भेनेजुएलाले जित्यो ।

भेनेजुएलाले जीतबाट प्रतियोगिता शुरूवात गर्दै ३ अंक जोड्न सफल भएको हो । पराजित इक्वेडर अंकविहीन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्