२७ जेठ २०८३, बुधबार

कर बढाउने विधेयक पारित भएपछि केन्याको संसद्‌मा तोडफोड, पाँच जनाको मृत्यु

असार १२, २०८१
काठमाडौं
कर बढाउने विधेयक पारित भएपछि केन्याको संसद्‌मा तोडफोड, पाँच जनाको मृत्यु

केन्याको राजधानी नैरोबीमा आक्रोशित नागरिकहरूले संसद् भवनमै प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् । 

नयाँ वित्त विधेयकको विरोधमा मंगलबार हजारौं प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गरेर आगजनी र तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

प्रदर्शनकारीहरूले संसद् भवनमै पुगेर तोडफोड गर्न थालेपछि त्यहाँबाट सांसदहरू भागेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिन भने प्रहरीले बल प्रयोग गरेको बीबीसीले जनाएको छ । विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५ जनाको मृत्यु भएको हो ।  

चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टमा केन्या सरकारले कर वृद्धिबाट २२ हजार ५२१ करोड रुपैयाँ थप राजस्व पाउने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्