२८ जेठ २०८३, बिहीबार

चिलीविरुद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

असार १२, २०८१
काठमाडौं
चिलीविरुद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ। बुधबार बिहान चिलीविरुद्ध १-० को कठिन जीत निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको हो । 

चिलीविरुद्ध अन्तिम समयसम्म गोलका लागि संघर्ष गरेको अर्जेन्टिनाका लागि खेलको ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । 

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्