२६ असार २०८३, शुक्रबार

भेरी करिडोरको रिम्ना सडकमा पहिरो, यातायात ठप्प

असार १२, २०८१
काठमाडौं
भेरी करिडोरको रिम्ना सडकमा पहिरो, यातायात ठप्प
फाइल तस्वीर

भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारले बताए ।

अहिले पहिरो हटाउने काम भइरहेको छ ।

सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्